काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष यू–१९ एसिया कपका लागि विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा आयोजना हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालले समूह चरणमा कात्तिक २० गते भारत, २२ गते यूएई र २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
घोषित टोलीमा कप्तान विपिनप्रसाद शर्मासहित निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन्।
नेपालले प्रतियोगितामा भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्ने भएकाले नेपाली युवा टोलीको प्रदर्शनप्रति चासो बढेको छ।