'राष्ट्रपतिकाे उम्मेदवार' रिपब्लिकन रामास्वामी ओहायोको गभर्नर निर्वाचनमा पराजित

890 Shares

काठमाडौं । भारतीय मूलका रिपब्लिकन नेता विवेक रामास्वामी ओहायोको गभर्नरको दौडमा डेमोक्र्याट उम्मेदवार एमी एक्टनसँग पराजित भएका छन्।

एमी एक्टन २० वर्षमा यो पद जित्ने पहिलो डेमोक्र्याट र राज्यको सर्वोच्च पदमा निर्वाचित पहिलो महिला हुन्।

रामास्वामीको अभियानले एक्टनकी अलग भएकी आमालाई जोडेर उनको आलोचना गर्दै एक विज्ञापन तयार पारेको थियो। एक्टनकी आमाले दशकौँअघि उनका पति (एक्टनका सौतेनी बुबा) माथि बाल्यकालमा एक्टनलाई बलात्कार गरेको आरोप लागेपछि आफ्ना बच्चाको हिरासत गुमाएकी थिइन्।

यस विज्ञापनले ओहायोका रिपब्लिकन गभर्नर माइक डेवााइनलगायत दुवै पक्षबाट आलोचना निम्त्याएको थियो। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विज्ञापनको प्रशंसा गरेका थिए भने उपराष्ट्रपतिको रूपमा ओहायोका प्रतिनिधि रहेका जेडी भान्सले यसको बचाउ गरेका थिए।

रामास्वामी र उनका सहयोगीहरूले प्रतिस्पर्धामा ठूलो रकम खन्याएका कारण उनको अभियानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपऱ्यो। अर्बपति एलोन मस्कले मात्रै रिपब्लिकन उम्मेदवारसँग सम्बन्धित राजनीतिक कार्य समितिमा कम्तीमा ५ मिलियन डलर सहयोग गरेका थिए।

जनस्वास्थ्य चिकित्सक तथा कोभिड–१९ महामारीका समयमा राज्यकी स्वास्थ्य निर्देशक रहेकी एक्ट भने स्वास्थ्य सेवाको किफायतीपन र त्यसमा सहज पहुँचका लागि निरन्तर प्रचारप्रसारमा खटिरहिन्। उनले ओहायोको स्थानीय बासिन्दाका रूपमा आफ्नो कठिन विगतलाई स्मरण गराउँदै श्रमिक तथा मध्यमवर्गीय मतदाताहरूलाई आकर्षित गरिन्। उनको बाल्यकालको केही समय घरबारविहीन अवस्थामा बितेको थियो र एक हिउँद त उनले पालमुनि बिताएकी थिइन्।

मतदान हुनुभन्दा केही घण्टा अघि मात्र रामास्वामीले मतदाताहरूलाई सम्पत्ति करमा कटौती, बिजुलीको बिलमा कमी, किफायती आवास र सुरक्षित सडक सम्बन्धी आफ्ना एजेन्डालाई समर्थन गर्न आग्रह गरेका थिए। उनले मतदाताहरूलाई भनेका थिए कि यदि आफू निर्वाचित भएमा यी प्रतिबद्धताहरू पूरा गरे/नगरेको विषयमा मलाई जवाफदेही बनाउनुहोला।

“आज: सम्पत्ति कर घटाउन, बिजुलीको बिल कम गर्न, किफायती आवास र सुरक्षित सडकका लागि मतदान गर्नुहोस्। भोलिदेखि: यी कुराहरू पूरा भए/नभएको विषयमा मलाई जवाफदेही बनाउनुहोला,” रामास्वामीले भनेका थिए।

कार्यकालको सीमाका कारण डिवाइन पदबाट बाहिरिँदै छन् र पाँच दशक लामो चुनावी राजनीतिक करिअरपछि उनी अवकाश लिने अपेक्षा गरिएको छ। अर्कातर्फ, एक्टनले यसअघि कहिल्यै कुनै निर्वाचित पद सम्हालेको अनुभव नभए पनि ओहायोको कार्यकारी शाखाको नेतृत्व सम्हाल्नेछिन्।

उनको जितले ओहायोमा डेमोक्र्याटहरूका लागि वर्षौंदेखि जारी चुनावी क्षयको क्रमलाई उल्ट्याइदिएको छ। कुनै समय निकै निर्णायक मानिने यो 'स्विङ स्टेट' (दुवै दलको प्रभाव पर्न सक्ने राज्य) मा, ट्रम्पको कार्यकालमा मतदाताहरू स्पष्ट रूपमा रिपब्लिकनतर्फ ढल्किएपछि, डेमोक्र्याटिक रणनीतिकारहरूले यस राज्यलाई लगभग गुमेको मानिसकेका थिए।

यसअघि राष्ट्रपति उम्मेदवारका लागि ट्रम्पसँग प्रतिस्पर्धा गरेका रामास्वामी अन्ततः मध्यावधी निर्वाचनमा पराजित हुने ठुलाे अनुहार मध्ये एक हुन । 

सम्बन्धित समाचार