रुस, अमेरिका र युक्रेनबीच नोभेम्बर १० र ११ मा अबुधाबीमा त्रिपक्षीय वार्ता हुने

1.8k Shares

काठमाडौं । रुस युक्रेनबीच जारी युद्धकाबीच रुस, अमेरिका र युक्रेनबीच आगामी नोभेम्बर १० र ११ मा संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा त्रिपक्षीय वार्ता हुने भएको छ।

लामो समयदेखि जारी रुस युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक संवादको नयाँ प्रयासका रूपमा यस वार्तालाई हेरिएको छ।

रुसी राष्ट्रपति कार्यालय (क्रेमलिन) का प्रेस सचिव दिमित्री पेस्कोभले त्रिपक्षीय वार्ता हुने पुष्टि गरेका हुन्।

रुस–युक्रेन द्वन्द्वका कारण क्षेत्रीय सुरक्षा, विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा व्यापक प्रभाव परिरहेका बेला हुन लागेको यस वार्तालाई विशेष चासोका साथ हेरिएको छ।

प्रस्तावित वार्तामा तीनवटै देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। वार्ताका क्रममा जारी द्वन्द्व, त्यसको समाधानका सम्भावित उपाय तथा शान्तिपूर्ण निकासका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

रुस, अमेरिका र युक्रेनलाई एउटै वार्ताको टेबलमा ल्याउने यस पहललाई द्वन्द्व समाधानका लागि कूटनीतिक संवाद पुनः अघि बढाउने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार