सर्लाहीबाट एसईई परीक्षामा १० हजार भन्दा बढी विद्यार्थी सामेल हुने

2.9k Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीबाट १० हजार नौ सय १६ जना विद्यार्थीहरु यसवर्षको  माध्यमिक शिक्षा परीक्षा (एसईई)परिक्षामा सामेल हुने भएका छन् । चैत्र १७ गतेबाट २७ गतेसम्म सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)का लागि नियमित तर्फ १० हजार छ सय २४ जना, नियमित प्राविधिक तर्फबाट दुई सय ९२ जना गरी १० हजार नौ सय १६ जना विद्यार्थीहरुले सहभागीता जनाउने  शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए । उनका अनुसार यस वर्ष गतवर्षको तुलनामा एसइईमा सहभागि हुने विद्यार्थी सङख्या चार सय ९५ जना बढी रहेको छ । 
२०७८ को एसइईमा १० हजार चार सय २१ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक कुशवाहले बताए ।
जिल्लामा रहेका ९८ वटा सामुदायिक विद्यालय,४५ वटा संस्थागत विद्यालय,दुई वटा खुर्ला  र एउटा गृहणी गरी एक सय ४६ वटा विद्यालयबाट विद्यार्थीहरुले एसईई परीक्षामा सहभागिता जनाउने छन् । 
विद्यालयबाट नौ हजार ७९ जना विद्यार्थीहरु र नीजि विद्यालयबाट एक हजार तीन सय ४२ जना विद्यार्थीहरु यसवर्षको एसईई परीक्षामा सामेल हुने प्राविधिक सहायक कुशवाहले बताए । एसइइ परीक्षाको तयारी करिब अन्तिम चरणमा पुगेको बताउँदै प्राविधिक सहायक कुशवाहले जिल्लामा ३७ वटा परीक्षा केन्द्रहरु तोकिएको जानकारी दिनुभयो । गत वर्ष ३६ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्षदेखि चक्रघट्टा गाउँपालिकामा पनि पहिलो पटक एसइइको परीक्षा केन्द्र कायम गरिएको छ । 
जिल्लाको चक्रघट्टा गाउँपालिका २,बेल्हीमा रहेको जनता माध्यमिक विद्यालयमा पहिलो पटक परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले जनाएको छ । परीक्षा सञ्चालनका लागि अहिले प्रत्येक परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाउने काम भइरहेको छ । प्राय ःपरीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाएर एसइइ सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहले बताए ।
एसइइ सञ्चालनका लागि चैत १० गते प्रदेश राजधानी जनकपुरमा मधेश प्रदेशस्तरीय अभिमुखीकरण राखिएको छ । प्रदेशको अभिमुखीकरण सकिए पश्चात जिल्लामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षलगायतलाई अभिमुखीकरण प्रदान गरिने शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार