देशभरका ७ सय ५२ स्थानीय तहले पाठ सिक्ने विकास बागमतीमा हुन्छ: नगर प्रमुख थापा

5.3k Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले नगर भित्रका प्रत्येक आयोजनाहरुमा आफै क्रियाशील भएर लागेको बताए । कमलामाई मिडिया प्रा.लिसंग कुरा गर्दै नगर प्रमुख थापाले नगर भित्रका विकास निर्माण लगायत नगरबासीलाई संघियता पछिको स्थानीय तहको अनुभूति दिलाउने गरी नगरका हरेक आयोजनाहरुमा आफै क्रियाशील भएर लागेको बताएका हुन ।
नगर भित्र सञ्चालित विकास निर्माणका साथै नगरबासीहरुका दैनिकीसंग जोडिएका हरेक विषयमाहरुको स्थलगत अनुगमन गरी नगर भित्र सञ्चालीत हरेक आयोजनाहरुलाई छिटो भन्दा छिटो सञ्चालन गर्न आफैँ लागि परेको नगर प्रमुख थापाले बताए । आफु सहित नगरका हरेक जनप्रतिनिधिहरुले नगरपालिकालाई आफ्नै घर सम्झेर एक रुपताका साथ लागि परेका उनको भनाई छ ।
निर्वाचनको क्रममा विभिन्न राजनैतिक दलबाट उम्मेदवार हुनु,विभिनन राजनितिक दलहरुबाट उम्मेदवार बनेका मानिसहरुलाई मतदान गर्नु नागरिकहरुको नैसर्गिक अधिकार भएपनि निर्वाचित भएपछि नगरबासीहरुका समस्या र दैनिकीमा जोठिने काममा एक एभर लागेका कारण बागमती नगरपालिकालाई आज देशभरका स्थानीय तहहरुले चासोका साथ हेरेका नगर प्रमुख थापाको भनाई छ ।
नगरका हरेक गतिविधिहरु पार्दशी तवरले गर्न उपभोक्ता समिति गठन गर्दा स्थानीयको सहभागीतामा काम गर्न सक्ने मानिसलाई समिितमा राख्नु,योजना छनोट गर्दा पार्टी र आफु अनुकुल मान्छेहरुलाई योजनाहरु नभएर नगरबासीहरुका साझा योजनाहरुलाई प्राथमिकता दिनु,बजेट व्यावस्थापनमा योजना अनुसार समान रुपमा गर्नु नै पहिलो सफलताको पाटो रहेको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् । जसका कारण नगरका सबै वडाका जनप्रतिनिधिहरुको एकमत भएकाले नगरका विकास निर्माणका काम गर्न सहज भएको उनको भनाई छ ।
नगरबासीहरुलाई कसरी शुद्ध पिउने पानी,सिंचाई,सडक,स्वास्थ्य,शिक्षा,कृर्षी र पर्यटन लगायतका विषयलाई निर्वाचनको समयमा पनि प्राथमिकतामा राखिएको र सोही अनुसार काम भई रहेको नगर प्रमुख थापाले बताए । साथै नगरका भूमिहिन सुकुम्बासीहरुलाई कसरी व्यावस्थापन गर्न सकिन्छ भनेर निरनतर लागि परेका नगर प्रमुख थापाको भनाई छ । उनले देशभरका ७ सय ५२ वटा स्थानीय तहहरुले बागमती नगरपालिकाबाट विकासको पाठ सिक्ने गरी काम गरि रहेको र अवको ५ वर्ष भित्र नगरमा विकासले धेरै फड्को मारि सक्ने बताए । उनले आफुहरु अरुको सिको नगर्ने तर सिको गर्ने बनाउने दाबी गरे ।

सम्बन्धित समाचार