गणेश खड्का
सर्लाहीको बागमती नगरपालिका २ मा रहेको जनवाल कल्याण माविले विद्यालय परिसरलाई हरित विद्यालय बनाउने अभियान सुरु गरेको छ । बागमती नगरपालिका २ मा रहेको जनवाल कल्याण माविमा कक्षा ८,९ र १० मा अध्यायनरत विद्यार्थीहरु,शिक्षक,शिक्षिकाहरुका साथै विद्यालय व्यावस्थापन समितिको विशेष उपस्थितीमा विद्यालय परिसरलाई हरित बनाउने अभियान सुरु भएको विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्वाले जानकारी दिए ।

उनका अनुसार विद्यालय व्यावस्थापन समितिका अध्यक्ष टंक बोहोरा,विद्यालयका शिक्षक,शिक्षिकाहरु र कक्षा ८, ९ र १० मा अध्यायनरत करिब ६० जना विद्यार्थीहरुको सहभागीतामा विद्यालयको परिसरलाई हरित बनाउने काम सुरु भएको हो ।
बागमती नगरपालिकाले नगर भित्रका सबै सामुदायिक विद्यालयहरुको विद्यालय परिसरलाई हरित परिसर बनाउने योजना बनाए अनुसार बागमती नगरपालिका २ को जनवाल कल्याण माविले अभियान सुरु गरेको बागमती नगरपालिकाको नगर शिक्षा शाखा प्रमुख मीन प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार नगर भित्रका सबै २५ वटै सामुदायिक विद्यालयहरुको विद्यालय परिसरलाई हरित परिसर बनाउने नगरपालिकाले योजना बनाएको छ ।
मासिदै गरेको वनजंगलका कारण मानिसहरुलाई अक्सिजन समेत लिन कठिन हुने परिस्थितीको मुल्यांकन गर्दै विद्यालयको परिसरलाई हरित परिसर बनाउने काम सुरु भएको नगर शिक्षा शाखाका ओम बहादुर कार्कीले बताए । उनका अनुसार नगरपालिकाले नगर भित्रका सबै सामुदायिक विद्यालयहरुका परिसरलाई हरित परिसर बनाउने अभियान नै सुरु गरेको हो ।