हरिपुर्वाका शिक्षकहरु १३ दिनपछि नियमित काममा फर्किए

2.4k Shares

सर्लाहीको हरिपुर्वा नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक कर्माचारीहरु तत्कालै तलब नपाउने संकेत देखेपछि विद्यालय खोलेर नियमित काममा फर्किएका छन् ।हरिपुवा नगरपालिकाका १६ वटै सामुदायिक विद्यालयहरुका शिक्षक तथा कर्माचारीहरु मंसिर ६ गतेदेखि नगरपालिकाको कार्यालय अगाडि तलब नपाएको भन्दै धर्नामा बसेका थिए ।विद्यालयहरु बन्द गरेर १३ दिनदेखि लगातार धर्नामा बस्दा पनि तलब पाउने सम्भाना नदेखिएपछि मंगलबारबाट शिक्षक तथा कर्माचारीहरु नियमित काममा फर्किएका हरिपुर्वा नगरपालिका ५ स्थित रहेको श्री केशर गरिब जनता माविका प्रधानाध्यापक संजय कुमार यादवले बताए ।
चालु आर्थिक वर्षको साउनदेखि तलब नपाउँदा व्यवहार नै चलाउन नसकेको भन्दै आफुहरु नगर भित्रका सबै सामुदायिक विद्यालयहरु बन्द गरेर धर्नामा बसेको भएपनि नगर प्रमुख विनोदकुमार साह र शिक्षा शाखाका प्रमुख जनक काफ्लेले प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनासाथ शिक्षक तथा कर्माचारीहरुको तलब खुवाउने प्रतिवद्धता जनाएपछि आफुहरुले गरेको धर्ना तत्कालका लागि स्थगित गरेर विद्यालयको नियमित काममा फर्किएको प्रधानाध्यापक यादवले बताए ।
१३ दिनसम्म धर्नामा बस्दा पनि तत्काल तलब नपाउने अवस्था नदेखिएपछि शिक्षकहरु नगर प्रमुख साह र शिक्षा शाखा प्रमुख काफ्लेको प्रतिवद्धता पछि बाध्य भएर विद्यालयको नियमित काममा फर्किएका हुन ।आजभोलीमै तलब पाउने सम्भावना नदेखिए पछि निराश हुँदै बालबालिकाको भविष्यप्रति चिन्तित भई विद्यालय खोलेर पठनपाठन गराउन सुरु गरिएको हरिपुर्वाका शिक्षकहरुले बताएका छन् ।दुई साता सम्म विद्यालय बन्द हुँदा करिब पाँच हजार विद्यार्थीहरु पठनपाठनबाट बन्चित भएपछि नगर प्रमुख साह र शिक्षा शाखाले शिक्षकहरुसंग आग्रह गरेको र सो आग्रहलाई शिक्षकहरुले स्विकार गरि विद्यालयको नियमित काममा फर्किएका हरिपुर्वा नगरपालिकाका शिक्षा शाखा प्रमुख काफ्लेले बताए ।
हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्याक्रम अहिले सम्मपनि आउन सकेको छैन् । जसका कारण नगर भित्रका सामुदायिक विद्यालयहरुका शिक्षक तथा कर्माचारीहरुका साथै नगर भित्रका सामाजिक सुरक्षा भक्ता लिने लाभग्राहीहरुले पनि समाजिक सुरक्षा भक्ता पाएका छैनन् भने विकास निर्माणको काम पुर्ण रुपमा प्रभावित भएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर ८ गते हाल शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाललाई हरिपुर्वा नगरपालिकाको प्मुख प्रशासकीय अधिकृतको रुपमा खटाएको भएपनि उनले पनि पारिवारिक कारण देखाउँदै हरिपुर्वा आउन इन्कार गरि रहेका नगरप्रमुख साहले बताए ।उनका अनुसार राजनीतिक हस्तक्षेप र जनप्रतिनिधिहरु बीचमै विवाद रहेको भन्दै हरिपूर्वा नगरपालिकामा कोही पनि प्रमुख प्रशासकीय अधिकृत आउन मानेका छैनन् । हरिपूर्वा नगरपालिका संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादव र हरिपुर्वा नगरपालिकाका नगर प्रमुख साह विच आपसी विवाद देखिएका कारण विगत करिब १० महिनामा ६ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा भएको छ ।

सम्बन्धित समाचार