१५ दिन धर्नामा बस्दा पनि मागको सुनुवाई नभएपछि शिक्षकहरले लगाए कार्यालयमा तालाबन्दी

3.1k Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कार्यालयमा शिक्षक तथा कर्माचारीहरुले ताला लगाएका छन् ।विगत १५ दिनदेखि आफ्नो तलबको माग गर्दै गाउँपालिकाको कार्यालय अगाडि धर्नामा बसेका शिक्षक तथा कर्माचारीहरुले १५ दिन सम्मपनि गाउँपालिकाको कार्यालय आगाडि धर्नामा बस्दा समेत जनप्रतिनिधिहरुले वेवास्था गरेका कारण गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन ।
विगत १५ दिनदेखि आफुहरुको तलब माग गर्दै गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु बन्द गरेर गाउँपालिका अगाडि धर्नामा बसेको भएपनि चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो सहित गाउँपालिकाका सबै जनप्रतिनिधिहरुले वेवास्था गरेका कारण आफुहरुको माग सम्बोधन नहुँदा सम्मका लागि गाउँपालिकाको कार्यालयमा ताला लगाएको आन्दोलनरत शिक्षकहरुले बताएका छन् ।
 चन्द्रनगर गाउँपालिका भित्रका २२ वटै सामुदायिक विद्यालयका शिक्षक एवम कर्माचारीहरु चालु आर्थिक वर्षको साउनदेखिको तलब खान नपाएको भन्दै मंसिर १२ गतेदेखि गाउँपालिका भरीका सामुदायिक विद्यालयहरु बन्द गरेर गाउँपालिका कार्यालय अगाडि शिक्षक तथा कर्माचारीहरु धर्नामा बसेका भएपनि जनप्रतिनिधिहरुले वेवास्था गरेपछि गाउँपालिकाको कार्यालयमा ताला लगाएका नेपाल शिक्षक महासंघ चन्द्रनगर गाउँपालिका समितिका अध्यक्ष सरोजकुमार सिंहले बताए ।उनका अनुसार जनप्रतिनिधिहरुको आपसी विवादका कारण चालु आर्थिक वर्षको साउनदेखि हाल सम्म गाउँपालिका भरीका २२ वटै सामुदायिक विद्यालयका शिक्षक तथा कर्माचारीहरुले तलब खान पाएका छैनन् भने दिवा खाजा र विद्यालय सञ्चालन खर्च समेत निकासी भएको छैन् ।
शिक्षक तथा कर्माचारीहरुको माग सम्वोधन नहुँदा सम्म विद्यालय बन्द र गाउँपालिका कार्यालय अगाडि धर्ना जारी रहने आन्दोलित शिक्षक तथा कर्माचारीहरुले बताएका छन् । गाउँपालिकामा जनप्रतिनिधिहरु विच आपसी विवादका कारण चालु आर्थिक वर्षको वार्षिक बजेत,नीति तथा कार्यक्रम हाल सम्मपनि आउन सकेको छैन् ।
गाउँपालिकाको गाउँ कार्यपालिकामा रहेका १५ जना मध्य गाउँपालिका उपा अध्यक्ष गीतादेवी महतोको पक्षमा उनी सहित १२ जना र गाउँपालिका अध्यक्ष राजकुमार महतोको पक्षमा उनी सहित तीन जना रहेका छन् ।त्यस्तै ३९ जना गाउँसभा मध्य गाउँपालिका उपा अध्यक्ष गीतादेवी सहित ३० जना एकातिर छन् भने गाउँपालिका अध्यक्ष महतो सहित नौ जना अर्काे तर्फ रहेका छन् ।बहुमत र अल्पमताको विवादका कारण गाउँ सभा नहुँदा शिक्षक तथा कर्माचारीहरुले तलब खान पाएका छ्रनन् भने सामाजिक सुरक्षा भक्ता लिने लाभग्राहीहरु पनि मारमा परेका छन् । गाउँपालिकाको विकास निर्माणको काम पुर्ण रुपमा प्रभावित भएको छ ।

सम्बन्धित समाचार