सर्लाहीका २ पालिकाका २४ जना किशोर किशोरीहरुलाई जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान

3.2k Shares

सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका किशोर किशोरीहरुलाई जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ । बागमती सेवा समाज नेपाल हरिवन र वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका २४ जना किशोर किशोरीहरुलाई जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्वन्धी प्रशिक्षक प्रशिक्षण सम्बन्धी १० दिने तालिम दिइएको आयोजक बागमती सेवा समाज नेपाल हरिवनका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दए ।
उनका अनुसार हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका २४ जना किशोर किशोरीहरुलाई उपेक्षा,दुव्र्यवहार र हिंसा व्यावस्थापनका लागि किशोर किशोरीहरुको शसक्तिकरण अन्तर्गत बाल संरक्षण तथा समुदाय संग्लग्नता स्पोन्सरशीप परियोजना मार्फत जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो ।
मंसिर १८ अर्थात डिसेम्बर ४ बाट आज(बुधबार) मंसिर २७ गते अर्थात डिसेम्बर १३ सम्म १० दिन  चलेको तालिममा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका गरी २४ जना किशोर किशोरीहरुको सहभागीता रहेको आयोजक बागमती सेवा समाज नेपाल हरिवनले जनाएको छ ।१० दिन सम्म चलेको तालिममा सहभागी भएका किशोर किशोरीहरुले तालिमपछि आफूहरुमा सकारात्मक उर्जा थपिएको बताएका थिए ।तालिम समापनमा बोल्दै हरिपूर्वा नगरपालिकाकी उपप्रमुख सुमित्रादेवी ग्वारनी,पर्सा गाउँपालिकाका अध्यक्ष धीरेन्द्र राय यादव (विस्पत),वल्ड भिजन इन्टरनेशनल नेपालकी सीता चौधरीलगायतले किशोर किशोरीहरुलाई तालिममा सिकेका कुरालाई समुदायस्तरमा लगेर लागू गर्नका लागि सक्रियता देखाउन आग्रह गरेका छन् ।
किशोर किशोरीहरुलाई पिंकी कुमारी,कन्चन साह,नेहा कुमारी यादव र सुष्मा कुमारी सार्कीले १० दिन सम्म प्रशिक्षण प्रदान गरेका बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशीप परियोजनाका संयोजक प्रमेश बादेले जानकारी दिए । उनका अनुसार बागमती सेवा समाज नेपाल हरिवनले विभिन्न दातृ निकायहरुको सहकार्य तथा सहयोगमा विभिन्न किसिमका सामाजिक कामहरु गर्दै आएको छ ।

सम्बन्धित समाचार