सर्लाहीको हरिवन नगरपालिका ९ स्थित रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसको सञ्चालक समिति, अनुगमन समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित भएका छन् ।त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त हरिवन नगरपालिका ९ सुखेपोखरी स्थित रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसको सञ्चालक समिति,अनुगमन समिति र लेखा सुपरीवेक्षण समिति पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत गंगा बहादुर भुजेलले जानकारी दिए ।
उनका अनुसार क्याम्पसको अध्यक्षमा रामशरण उप्रेती,उपा अध्यक्षमा ताराराज पन्त(अर्जुन),कोषाअध्यक्षमा विदुर कुमार प्याकुरेल र सदस्इहरुमा पशुपतिकुमार कार्की,युवराज लुईटेल,लालचन्द्र उप्रेती,रामप्रसाद घिमिरे,टेकबहादुर बोगटी,डोरप्रसाद भट्टराई र दुर्गा प्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका हुन ।त्यस्तै अनुगमन समितिको संयोजकमा चुडामणी वाग्ले र सदस्यहरुमा संजिव कुमार लामा (मोक्तान),मोहन लाल श्रेष्ठ,राजु शिवाकोटी र दुर्गाबहादुर कार्की निर्विरोध निर्वाचित भएका हुन भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा भगवान मैनाली सदस्यहरुमा दिवाकर झा र पोष्ट कुमार लुईटेल निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत भुजेलले जानकारी दिए ।
सञ्चालक समितिमा पदाधिकारी सहित सदस्यहरु १० जना, अनुगमन समितिमा संयोजक सहित सदस्यहरु पाँच जना र लेखा सुपरीवेक्षण समितिमा संयोजक सहित सदस्यहरु तीन जना निर्विरोध निर्वाचित भएका भएपनि कुनै पनि महिलाहरुका साथै अन्य पार्टी र समावेशी तथा समाजसेवी नपरेका भन्दै महिला अगुवाहरुले सामाजिक सञ्जाल मार्फत आपती समेत जनाएका छन् ।
नेपाली कांग्रेसकी महिला नेतृ सोनी कुमारी बम्जनले आफ्नो सामाजिक सञ्जाल फेशबुकम मार्फत “अध्यक्ष बनाइ रहदाखेरि (मेरो )महिलाको भूमिका अहम रहेको तर एउटा पनि महिला दिदीबहिनीहरू समिति तथा उपसमितिमा नदेखेकोमा खेद प्रकट गर्दछु।विश्वासमा वार्ता कमिटी र निर्वाचन कमिटीमा पुरुषलाई पठाइदिएको परिणाम हो।३ समावेशी खोई।३ अन्य पार्टीका, समाजसेवी तथा बौद्धिक सर्कलका महिला दिदीबहिनीहरू हुनुपर्छ भन्ने मेरो मान्यता।”भन्दै आपत्ती जनाएकी छन् ।उनले निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुका साथै सदस्यहरुको नामावली सहित आफ्नो सामाजिक सञ्जाल फेशबुकमा राखेर यस्तो आपत्ती जनाएकी हुन ।