विगत ३१ वर्षदेखि नेपाली बजारमा रहेको व्यापारीक घराना बज्र ग्रुपद्धारा इ.भी नेपाल मोटर्स प्रा.लिको भ्यालेन्टाइन स्किम

2k Shares

नेपाली बजारमा विगत ३१ बर्ष देखि विभिन्न सामानको कारोवार गर्दै आएको बज्र ग्रुपको इ.भी नेपाल मोटर्स प्रा.लिले भ्यालेन्टाइन स्किम लागु गरेको छ। विगत करिब ३१ वर्षदेखि नेपाली बजारमा रहेको व्यापारीक घराना बज्र ग्रुपको इ.भी नेपाल मोटर्स प्रा.लिले भ्यालेन्टाइन स्किम लागु गरेको हो ।
बज्र ग्रूपले सेनेटरिका विभिन्न सामानहरु जस्तै बाथरुम फिटिंग,अपार्टमेन्ट,मास्क र अटोमोबाइलका क्षेत्रमा नेपाली बजारका एकछत्र राज गर्दै आई रहेको थियो भने भ्यालेन्टाइन स्किमको रुपमा इ.भी नेपाल मोटर्स प्रा.लिले फेरी अर्काे चमत्कार सुरु गरेको छ ।बज्र ग्रुप अन्र्तगतको इ.भी नेपाल मोटर्स प्रा.लिले भ्यालेन्टाइन स्किमको रुपमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउने स्किम ल्याएको छ । निश्चित समयका लागि भएपनि राम्रो स्किम ल्याईएको बज्र ग्रुपले जनाएको छ ।
वुलिंग कार दुई सय किलोमिटर र तीन सय किलोमिटरमा उपलब्ध रहेको छ भने कार  किन्नका लागि  नक्साल र भैसेपाटी शोरुममा सम्पर्क गर्न पनि बज्र ग्रुप अन्र्तगतको इ.भी नेपाल मोटर्स प्रा.लिले अनुरोध गरेको छ ।कारमा आठ वर्षको वारेन्टीका साथै फाइनान्स र एक्सचेन्जको समेत सुविधा रहेको बज्र ग्रुप अन्र्तगतको इ.भी नेपाल मोटर्स प्रा.लिले जनाएको छ भने स्कुटर नेपाल भरिका मुख्य मुख्य सहरहरुमा उपलब्ध रहेको जनाएको छ । लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छन् भने कलेजका विद्यार्थीहरुदेखि कार्यालयका प्रमुख र कृषक तथा अपांगता भएका सबैलाई सुहाउने र प्रयोग गर्न योग्य रहेको उसले जनाएको छ ।
लेभ्लिंग स्कुटरको मूल्य रु एक लाख १५ हजार देखि रु छ लाख सम्म रहेको साथै  २ वर्षको वारेन्टी एवम फाइनान्स र एक्सचेन्ज सुविधा रहेको पनि बज्र ग्रुप अन्र्तगतको इ.भी नेपाल मोटर्स प्रा.लिले जनाएको छ भने कम्पनीले नेपालभरि डेलिभरीको व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराउँदै आएको जनाएको छ।

सम्बन्धित समाचार