नेपालले हात पार्यो दक्षिण एसियाली कुराशमा २ स्वर्ण र ३ रजत

1.5k Shares

काठमाडौँ, ९ बैशाख । दक्षिण एसियाली कुराशमा नेपाललाई २ स्वर्ण र ३ रजत पदक जितेको छ ।

भारतको केरेलामा बैशाख ७ देखि ८ गतेसम्म भएको प्रथम दक्षिण एसियाली कुराश प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ रजत पदक जितेको छ ।

नेपालका लागि योगेन्द्र बिष्टले ८१ केजी समुहमा र दिक्षा मगरले ४४ केजी समुहमा स्वर्ण पदक जितेका छन् । त्यसैगरी दिपिका अचाजुले ८७ केजी समुहमा, परि घर्ती क्षेत्रीले ६३ केजी समुहमा र अर्जुन क्षेत्रीले ६० केजी समुहमा रजत पदक जितेका हुन् ।
 

सम्बन्धित समाचार