काठमाडाैं । श्री एयरलाइन्सले १३ वर्ष ६ महिना पहिले बनेको ८० सिट क्षमताको विमान थपेको छ ।
श्रीले डि हामिल्यान्ड अफ क्यानाडा (तत्कालीन बम्बार्डियर) द्वारा निर्मित ८० सिट क्षमताको विमान कल साइन ९एन-एओएम थपेको जानकारी एक वक्तव्य जारी गर्दै दिएको छ ।
श्री एयरलाइन्सले नेपाल भित्र्याएको 9N-AOM को उत्पादन सिरिएल नम्बर भने ४३४७ हो । यो विमान अमेरिकाको होइराइजन एयरले साढे १३ वर्ष प्रयोग गरिसकेको छ ।
यसअघि संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेको ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा कम ध्वनी आउने रहेको दाबी कम्पनीले गरेको छ।
कम्पनीका अनुसार जहाजमा क्यानाडाको प्राट एन्ड ह्विएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावका पीडब्ल्यूआईएसआईए, इन्जिन जडान गरिएको विज्ञप्तिमा बताइएको छ ।
श्री एयसलाइन्सका पाइलटले अमेरिकाको अरेगन राज्यको पोर्टल्यान्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजवे, आइसल्यान्डको केफलामिक चेकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुँदै झन्डै ३३ घण्टा उडान गरी आज बिहान १ बजे काठमाडौँस्थित त्रिभुवन विमानस्थल ल्याइपुर्याएका हुन्। जहाज ल्याउने क्रममा तीन रात्री बिसान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले हाल सीआरजे २००/७०० तथा क्यू ४०० ड्यास गरी १० वटा विमानबाट यात्रुलाई सेवा दिइरहेको छ। यी विमानले काठमाडौँ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थल उडान भर्दै आएका छन भने थपिएको विमानले समेत छिट्टै प्रकर्िया पुरा गरेर उडान भर्ने बताइएको छ ।