महिला भलिबल च्याम्पियनसिपमा नेपाल पराजित

180 Shares

काठमाडौं । काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ । माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा बिहीबार राति सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको हो ।

पहिलो सेट २५-२० ले गुमाएको नेपालले त्यसपछि दोस्रो सेट २४-२६ ले आफ्नो पक्षमा पारेको थियो । तर, तेस्रो सेटमा नेपाल २५-११ मै रोकियो । चौथो सेटमा सुरुआती समय अग्रता बनाएको नेपालले अग्रता काय राख्न नसक्दा २५-१८ ले गुमाउँदै पराजय बेहोर्नुपरेको थियो ।

नेपालले प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार किर्गिस्तान र राउन्ड रोविन लिगको अन्तिम खेलमा शनिबार माल्दिभ्ससँग खेल्नेछ । 

सम्बन्धित समाचार