एसिसी महिला एसिया कपमा नेपालले आफ्नो समूहको अन्तिम खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ।
श्रीलंकाको दाम्बुला रंशगालामा हुने खेल राति ७: १५ बजे सुरू हुनेछ। दुई खेलमा शतप्रतिशत जितसहित भारत समूह ‘ए’ को अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। नेपाल भने दुई खेलमा एक जित र एक हारका साथ तेस्रो स्थानमा छ।
दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएसँगै नेपालको सेमिफाइनल सम्भावना कठिन बनेको थियो।
आजै पाकिस्तान र युएईबीच खेल हुनेछ। यो खेलमा पाकिस्तानले जित निकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिनेछ।
नेपालः रोमा थापा (विकेटकिपर ब्याट्सम्यान), सम्झना खड्का, पूजा महतो, काजल श्रेष्ठ (विकेटकिपर ब्याट्सम्यान), इन्दु बर्मा (कप्तान), कविता कुँवर, कविता जोशी, सीता रानामगर, विन्दु रावल, रुबिना क्षेत्री, कृतिका मरासिनी, राजमती ऐरी, डली भट्ट, ममता चौधरी
भारत: हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धाना (उपकप्तान), अरुन्धती रेड्डी, शोभना आशा, ऋचा घोष, उमा क्षेत्री, जेमिमाह रोड्रिग्स, दिप्ती शर्मा, राधा यादव, रेणुका सिंह, पूजा वस्त्रकार, शेफाली वर्मा, श्रेयंका पाटिल, सञ्जेभान सजना, दयालन हेमलता