नेपाल र अष्ट्रेलियाबीच साझेदारी सम्मेलन आयोजना हुने

2.1k Shares

श्रावन २४  काठमाण्डौ । नवप्रवर्तन मार्फत दिगो विकासलाई अगाडि बढाउन ज्ञान, विचार र उत्कृष्ट अभ्यासहरू साझा गर्न नेपाल र अष्ट्रेलियाका विज्ञहरू,सरोकारवालाहरुको साथ काठमाडौंमा शिखर सम्मेलन हुने भएको छ । धौलागिरी एडभेन्चर प्रालीको आयोजना एवं हिमालयन आउट्रीच अस्ट्रेलियाको सहकार्यमा आगामी भदौ ५ गते होटल याक एन्ड यतिमा सम्मेलन हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा पर्यटन,व्यापार,व्यवसाय,शिक्षा र संस्कृति बारेमा अस्ट्रेलिया र नेपालको बारेमा बिषयगत बहस हुने संयोजक डिएन घिसिङले बताउनु भयो ।

मुलतः आर्थिक तथा सामाजिक परिवर्तनका लागि दुबै देशले मार्गनिर्देशन अपरिहार्य भएकोले पनि कार्यक्रमको महत्व रहने संयोजक घिसिङले बताए । दुईदेशका नागरिक बीचको अन्तरघुलनले सांस्कृतीक तथा पर्यावरणीय आकर्षणलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेकोले सम्मेलन फलदायी हुने उहाले बताउनु भयो।

कार्यक्रममा अस्ट्रेलिया र नेपालका बिज्ञहरुले लेखन प्रस्तुत गर्ने तय भएको छ। अस्ट्रेलियाका तर्फबाट लेखक एवं अभियान्ता हाम्जा वारियो, अष्ट्रेलियाली सरकारबाट सम्मानित हुनुभएकी शोधकर्ता, नीति विश्लेषक डा. सुजाता तामाङ कार्यपत्र प्रस्तुत गर्ने जनाएको छ । अस्ट्रेलियासँग प्रस्तावित भगिनी शहरको बारेमा छलफल प्रारम्भ भएकोले नेपालका विभिन्न शहरहरुले कार्यक्रममा साझेदारी गर्नेछन्  । आयोजक समितिका सदस्य एवं व्यवस्थापक गिता शाहीका अनुसार कार्यक्रमको सबै तयारी पूरा भएको छ ।

साझेदारी कार्यक्रमका लागि कोहलपुर नगरपालिका, छेडाघाट नगरपालिका, लम्की नगरपालिका, बागलुङ नगरपालिका, तारकेश्वर नगरपालिका, शिवसाची नगरपालिका, मेची नगरपालिका, दोधारा चाँदनी नगरपालिका, अर्जुनधारा नगरपालिका, ढोरपाटन नगरपालिका, नमोबुद्ध नगरपालिकाले साझेदारी गर्ने जनाएको छ । कार्यक्रममा पुस्तक बिमोचन र वृत्तचित्र समेत प्रदर्शन हुनेछ।

नेपाल स्थित अस्ट्रेलियाका कुटनैतिक प्रतिनिधि एवं नेपाल सरकारका अतिथि सहभागी हुने तय भएको छ 

सम्बन्धित समाचार