एएफसी प्लेअफ खेल्ने चर्च ब्वाइजको राम्रो तयारी

2.1k Shares

 २५ साउन, काठमाण्डौं । एएफसी च्यालेन्ज लिग प्लेअफका लागि नेपाली ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको तयारी अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ । चर्च ब्वाईजले शुक्रबार पत्रकार सम्मेलन गर्दै च्यालेन्ज लिग प्लेअफको लागि टोली तयार रहेको जानकारी गराएको हो । क्लबका अध्यक्ष रुबेन राईले लामो समयपछि नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल हुन लागेको भन्दै यसले दर्शकहरुको उपस्थिति उल्लेख्य रहने विश्वास व्यक्त गरे ।

‘रंगशाला अन्तर्राष्ट्रिय अप्रुभल पछि  लामो  ग्यापपछि खेल हुँदैछ । समर्थकको उत्साहजनक सहभागिताको आशा छ । नेपाली टिमले राम्रो गर्ने विश्वास लिएका छौँ’, उनले भने ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले क्लबको तयारी राम्रो भएको र त्यसमा आफू सन्तुष्ट रहेको बताए । ‘हामीले साउन १ देखि ट्रेनिङ गरिरहेका छौँ । छोटो समयको तयारी भएपनि म टिमबाट सन्तुष्ट छु । आशा छ हाम्रो टिमले राम्रो प्रदर्शन गर्नेछ’, उनले भने । नेपाली टोली चर्च ब्वाइजका प्रशिक्षकका अनुसार अनन्त तामाङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

सम्बन्धित समाचार