काठमाडौं। नेपाल क्रिकेट टोलीले भारतको बैंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमी (एनसीए) मा दुई साता लामो प्रशिक्षण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय क्रिकेट बोर्डको सहजीकरणमा यो अवसर प्राप्त भएको जनाएको छ । नेपालको लिग–२ मा यो दोस्रो शृंखला हो।
क्यानले यस पहलको नेतृत्व गरेकोमा भारतीय क्रिकेट बोर्डका सचिव जय शाह र सम्बन्धित निकायप्रति कृतज्ञता व्यक्त गरेको छ । क्यानले यस साझेदारीसँगै भविष्यमा क्रिकेट भ्रमणहरू हुने विश्वास पनि लिएको छ साथै नेपाललाई क्रिकेट राष्ट्रको रूपमा विकास गर्ने अवसरहरू प्रदान हुने पनि क्यानको धारणा छ ।
नेपाली क्रिकेट टिम भारत प्रस्थान गरिसकेको छ । एकदिवसीय विश्वकप क्रिकेटको छनोट रहेको लिग–२ अन्तर्गत सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको अन्तिम तयारी गर्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको हो।प्रारम्भिक टोलीमा रहेका खेलाडी भारत गएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बताए।