भाद्र २, काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरेको झापाको बीएण्डसी मेडिकल कलेजको पक्षमा भएको फैसला सच्याउनुपर्ने माग गर्दै डा। गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् ।
आफू मुद्दाको प्रत्यक्ष सरोकारवाला नभएको अवस्थामा पनि डा। केसीले फैसला सच्याउनुपर्ने माग राखेर सर्वोच्चमा निवेदन दिएका हुन् ।
दुवै रिट निवेदनमा डा. गोविन्द केसीलाई विपक्षी बनाइएको छैन । बरु उक्त मुद्दामा आफ्नो पनि सरोकार रहेको भन्दै शशी विक्रम कार्कीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
रिट निवेदनको पक्षविपक्षसँग प्रत्यक्ष रुपमा नजोडिएका डा। केसीले फैसला त्रुटीपूर्ण भएको भन्दै आइतबार सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका हुन् । पुनरावलोकनको निवेदन दर्ता गर्न उनी आफै अदालत पुगेका थिए ।
डा. केसीले पेश गरेको निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्ने वा नगर्ने भनी निर्णय गर्छ । दर्ता गर्ने निर्णय भएमा तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले फैसलाको पुनरावलोकनका लागि अनुमती दिने वा नदिने भनी निर्णय गर्नेछ ।