भदौ १८, काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका विभिन्न ४० सहकारी संस्थाको छानबिन गरेको छ । महानगरपालिकाको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्ले नेतृत्वमा ती सहकारीको छानबिन गरिएको हो ।
गत चैत १६ देखि असार ७ गतेसम्म उजुरीका आधारमा महानगरपालिकाअन्तर्गतका ४० सहकारी संस्थाको छानबिन गरेर प्रतिवेदन तयार पारिएको महानगरपालिका स्रोतले जनाएको छ ।
स्रोतका अनुसार छानबिन गरिएका सहकारीमध्ये कैफियत देखिएको एक सहकारी संस्थालाई कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रदेश सरकारलाई सिफारिस गरिएको छ । छानबिनका क्रममा कैफियत देखिएको महागुथी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडमाथि कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाउन बागमती प्रदेश सरकारलाई सिफारिस गरेको हो ।
यस्तै आधारभूत बुहद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी, महाबौद्ध बचत तथा ऋण सहकारी र नमो हारती बचत तथा ऋण सहकारीको पनि अध्ययन प्रतिवेदन सीआईबीलाई बुझाइएको स्रोतले जानकारी दिएको छ ।
यी हुन् छानबिनमा तानिएका सहकारी
महागुथी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, अग्रिम बाँसबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पर्यटन व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, आनन्दनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, यलुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सराफी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महिला शक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्रद्धा सबुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोफल पलान्चोक भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, आधारभूत बुहद्देश्यीय सहकारी संस्था संस्था लिमिटेड, ईजी वे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तेजवान बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, वियज शान्ति बचत तथा ऋण सहकारी सहकारी संस्था लिमिटेड, समुहिक परिवर्तनशील महिला बचत सहकारी संस्था लिमिटेड, माता पञ्चकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, न्हुँ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पशुपति सेवा उपभोक्ता सहकारी संस्था लिमिटेड, सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भूदेव बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुस्मावती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, आधारशीला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पचली बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, मैजुबहाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, परियोजना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अनामनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, छक्कु बक्कु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिल्भर स्टार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शैक्षिक उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, परावर्तन बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, दक्षिणा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नव विश्वास बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।