युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा

133 Shares

भदौ १९,काठमण्डौं । रसियाले युक्रेनमा भिषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेपछि युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा  दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

रुससँगको लडाइका क्रममा दिमित्रो कुलेबा राष्ट्रपति जेलेन्स्कीका प्रमुख सहयोगी रहेका थिए । खासगरी उनले अन्तर्राष्ट्रिय समुदायसँग गरेको सहकार्यको निकै प्रसंशा गरिएको थियो ।

युक्रेनका मिडियाले सरकारका अन्य महत्वपूर्ण पदमा पनि यो साता परिवर्तन हुने उल्लेख गरेका छन् । राजीनामा दिने अन्य मन्त्रीमा उद्योगमन्त्री ओलेकसान्डर कामिसिन पनि रहेका छन् ।  

सम्बन्धित समाचार