देशको गोपनीयता एनजीओ, आईएनजीओलाई : रामनारायण बिडारी

12.8k Shares

काठमाडौं, २२ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले अहिले नेपालको उत्कृष्ट कर्मचारी भन्ने कोही पनि नरहेको टिप्पणी गरेका छन् । 

२१औं निजामती सेवा दिसवको सन्दर्भमा कुराकानी गर्दै उनले भने, ‘एनजीओ, आईएनजीओको काम लिने, सरकारी मोटर र कम्प्युटर र सरकारी समय प्रयोग गर्ने र ५ बजेपछि गएर एनजीओलाई बुझाउने अनि पैसा खाने । अवकाशपछि त्यही एनजीओको जागिर खाने, जागिरमा छउन्जेल नेपालको गोपनीयता एनजीओ, आईएनजीओलाई बुझाउने अवकाशपछि पनि मैले यस्तोयस्तो गरेको छु, ल हेर भनेर बुझाउने, यस्ता त कर्मचारी छन् ।’

सम्बन्धित समाचार