355
Shares
भाद्र २८,काठमाडौं- पठाओ सहित राइड सेयरिङका कारण आफूहरूको रोजीरोटी खोसिने अवस्थामा आएको भन्दै उपत्यकामा सञ्चालित भाडाका ट्याक्सी चालकहरू आन्दोलित भएका हुन् ।
करिब दुई सय वटा ट्याक्सीसहित चालकहरूले सडकमा र्याली गर्दा जाम भएको थियो।ट्याक्सी चालकहरूले जडीबुटी क्षेत्रको बिच सडकमै ट्याक्सी राखेर सडक अवरोध गरेका थिए ।
केही समय सडक बन्द भएपछि प्रहरीले ट्याक्सी हटाएर आवागमन सुचारू गरिसकेको जनाएको छ ।