2.1k
Shares
असोज १२, काठमाडौं– ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजनामध्ये तीनजनाको उद्धार गरिएको छ । स्थानीय पूर्ण केसीले उद्धार गरेर उनीहरुलाई उपचारका लागि पाटन अस्पताल पठाएको बताएका छन् ।
खोला किनारको एक टहरोको छतमा उद्धारको प्रतिक्षामा बसेका उनीहरुलाई बाढीले बगाएको थियो । बाढीमा बगेकामध्ये एकजना अझै बेपत्ता छन् ।
ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनी नजिकै नख्खु खोलाले उनीहरूलाई बगाएको थियो ।