1.6k
Shares
असोज २१,काठमाडौं । बाढी-पहिरोका कारण भारतबाट ल्याइएका आलु लामो समय सडक जाममा पर्दा आलु कुहिएका छन्।
अस्ति असोज १० र ११ गते परेको अविरल वर्षापछि बाढी-पहिरोले विभिन्न राजमार्गहरू अवरूद्ध भएका थिए। मालवाहक गाडी पनि सडकमै रोकिँदा भारतबाट ल्याइएका आलु बाटोमै कुहिन थालेका छन।
ती कुहिएका आलु अहिले काठमाडौंको कालिमाटी तरकारी बजारमा ल्याइपुर्याइएका छन्। सोमबार तरकारी व्यवसायीहरूले सद्दे आलु छान्न थालेका छन।
यसरी ल्याइएका आलु कुहिएपछि लाखौंको घाटा भएको व्यापारीहरूको गुनासो छ।