असोज २१,काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) आइतबार बसेको आपतकालीन बैठकमा गत असोज १२ गते मकावनपुरको इन्द्रसरोवर गाँउपालिका- ३ स्थित एन्फा एकेडेमीका खेलाडी पहिरोमा पुरिएर निधन भएको विषयमा छलफल भएको छ।
६ जान बाल खेलाडी आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योञ्जन एकेडेमीबाट अन्यत्र जाने क्रममा बाटोमा पहिरोमा परी निधन भएको थियो।
एन्फाले सो घटनामा निधन भएका खेलाडीका प्रत्येक परिवारलाई आठ लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय पनि गरेको छ।
घटनाबारे सत्य तथ्य विवरण संकलन गर्न समिति गठन गरिएको छ जसमा विकास नारायण श्रेष्ठ (एन्फा केन्द्रिय सदस्य) संयोजक, टिका राम लामा (एन्फा केन्द्रिय सदस्य) र दामोदर भट्टराई (एन्फा सहायक महासचिव) समितिका सदस्य छन्।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले एन्फा र व्यवस्थापन समितिको लापरवाहीको कारणले घटना घटेको भनि प्रश्न उठिरहेको, छानविन गर्नु पर्ने व्यक्ति नै समितिमा रहेको र सो घटना सम्बन्धी छानविन गर्न संसदीय समिति समेत गठन भइसकेको अवस्थामा समितिको औचित्य नहुने हुँदा खड्काले आफ्नो असन्तुष्टि रहेको बताएका हुन्।