नेप्सेमा सामान्य वृद्धि

1.2k Shares

कार्तिक ०१,काठमाडौँ । विहिबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से २।४७ अंकले बढेर २७४५। ३६ विन्दुमा बन्द भएको छ ।

आज कुल ३१६ कम्पनीका एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी गुडविल फाइनान्सको शेयर मुल्यमा ७।६३ प्रतिशतले बढेको छ भने अपार श्यांगे हाइड्रोको मुल्य सबैभन्दा बढी ५।१९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी कुमारी बैंकको ३३ करोड १३ लाख ९० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको १४ लाख ८ हजार ६२८ कित्ता शेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार