1.4k
Shares
कार्तिक ११ ,काठमाडौं। साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा आज नेपालले पाँच पटकको विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुकी ६,३० बजे सुरु हुने छ। महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो।
च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न नेपाललाई आइतबार पाँच पटकको विजेता भारतविरुद्धको खेल हार्ने छुट छैन ।
घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेको हो ।