कात्तिक १२,काठमाडौँ। नेपाल आइसिसी विश्वकप लिग-२ मा अमेरिकासँग तीन विकेटले पराजित भएकोछ ।
अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार राति भएको खेलमा जितका लागि दुईसय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९।४ ओभरमा सात विकेटको क्षतिमा दुई सय ९१ रन जोड्दै पूरा गरेको हो ।
अमेरिकाको जितमा ओपनर शयान जहाजिंगरले सर्वाधिक एक सय चार रन बनाउनुभयो । उहाँले ९७ बलमा १२ चौका र चार छक्काको सहयोगमा सतकीय पारी खेल्नुभयो । 
कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्ली भान सालवेकले अविजित २९, साइतेजा मुकामल्ला र जसदीप सिंहले समान ११ रन बनाउनुभयो ।
लिग-२ मा नेपालले ९ मध्ये ७ खेलमा हार ब्यहोरिसकेको छ। ३ अंक जोडेर आठ टोलीमध्ये सातौं स्थानमा रहेको नेपालले एक खेलमा जित र एक खेलमा अंक बाडेको छ।