यस्तो हुनेछ आज देशभरको मौसम, केही स्थानमा वर्षा र हिमपात

1.8k Shares

कार्तिक १९,काठमाडौं- देशभरका केही स्थानमा सोमबार हल्का वर्षा हुने भएको छ। पश्चिमी वायु,स्थानीय वायु र बंगलादेश तथा भारतको मनिपुर आसपासको न्यूनचापीय प्रणालीको आंशिक प्रभावले वर्षा हुने भएको हो ।

हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ ।सोमबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

सम्बन्धित समाचार