सुनको मूल्यमा वृद्धि

2k Shares

मङ्सिर १२, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार र मङ्गलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपियाँ घटेको सुनको मूल्य बुधबार भने नौ सय रुपियाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपियाँमा कारोबार भइरहेको जनाएको छ । 

मङ्गलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपियाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार