2.4k
Shares
पुस २, काठमाडौं । दक्षिण प्रशान्त महासागरमा अवस्थित भानुआटु टापुमा ७।३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । नेपाली समय आज मंगलबार बिहान ७ बजेर ३२ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु राजधानी पोर्ट भिलाबाट ३० किलोमिटर पश्चिममा ५७ किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पपछिको क्षतिको विवरण भने आएको छैन ।