माघ १७, काठमाडौं ।नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सहभागी त्रिकोणात्मक टी-२० शृङ्खला बिहीबार शुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग खेल्दै नेपालले शृङ्खलाको शुरुवात गर्दैछ। खेल दिउँसो सवा १२ बजे शुरु हुनेछ।
नेपाल क्रिकेट सङ्घ क्यान ले टी-२० शृङ्खलाको ट्रफी बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरेकी छन् । उनले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ ।
माघ २५ गतेसम्म हुने शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।