ओली र पुटिनबीच भेट, ओलीले दिए पुटिनलाई नेपाल भ्रमणको निम्तो

4.5k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति पुटिनसँग सोमबार भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा समेत दिएका छन् । ओलीको निमन्त्रणा स्वीकार गर्दै पुटिनले विचार गर्ने भनेका छन ।

यस्तै, पुटिनले नेपालका प्रधानमन्त्रीलाई रुसमा जुनसुकै समयमा पनि न्यानो स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सम्बन्धित समाचार