1.7k
Shares
मंगलबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ५२ सय रुपैयाँले बढेको हो।
सोमबार प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्यमा समेत वृद्धिदेखिएको छ।
अघिल्लो दिन प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ८५ रुपैयाँ बढेर ३ हजार २०० रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ।