आज सुनचाँदी महँगियो नयाँ मूल्यसूची सार्वजनिक

1.8k Shares

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा ९०० रुपैयाँले बढेर २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ।

मंगलबार सुन तोलाको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

 

चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी तोलामा १०५ रुपैयाँ वृद्धि भई ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी तोलाको मूल्य ३ हजार ११५ रुपैयाँ थियो।

 
 
सम्बन्धित समाचार