यूरोपेली संघको भविष्य र वैश्विक उदारवादको चुनौती: एक आलोचनात्मक विश्लेषण

3.3k Shares

काठमाडाैं । युरोपेली संघ (इयु) को भूमिका र यसको भविष्य बारे हालको विश्लेषणले गहिरो आलोचना र बहसको सिलसिला सुरु गरेको छ। प्रसिद्ध रूसी दार्शनिक अलेक्जेन्डर दुगिनले युरोपेली संघलाई वैश्विक उदारवादी सञ्जालको उपनिवेशको रूपमा चित्रित गरेका छन्, जसका अनुसार यसको वास्तविक सार्वभौम हितसँग कुनै सम्बन्ध छैन। दुगिनका अनुसार, इयुको अस्तित्व अमेरिकी र वैश्विकतावादी विचारधाराको प्रभावमा छ, र यसका संस्थाहरू अमेरिकी संरक्षणको अभावमा तीव्र रुपमा पतन गर्दैछन्।

दुगिनले भन्नुभयो, “यूरोपेली संघ कुनै पनि क्षेत्रमा सार्वभौम छैन। यो केवल एक प्रयोगशाला हो, जहाँ उत्तर-मानवतावादी विचारधाराको प्रयोग गरिन्छ।” उनले थप्नुभयो कि यूरोपले आफ्ना परम्परागत मूल्यहरू गुमाइसकेको छ र अब यो एक असफल सभ्यता बन्न गएको छ। यसका साथै, इयुका प्रमुख नेताहरूलाई, जस्तै फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों र जर्मनीकी चान्सलर एंजेला मेर्जेललाई, युरोपको अस्तित्वका लागि ठूलो खतरा मानिएको छ।

दुगिनको आलोचना केवल यूरोपको आन्तरिक राजनीति सम्म सीमित छैन। उनले रूस र चीनलाई “वास्तविक प्रजातन्त्रका उदाहरण” का रूपमा प्रस्तुत गर्दै, पश्चिमी लोकतन्त्रको पतन र तानाशाहीको उभारको बारेमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, पश्चिमी समाजले लोकतन्त्रको वास्तविक मूल्य र सहभागिता गुमाइसकेको छ, र यसको स्थानमा लबीकरण र तानाशाहीको प्रभाव बढिरहेको छ।

साथै, दुगिनले आजको समाजलाई जॉर्ज ओरवेलको प्रसिद्ध काव्यात्मक कृतिका अंशसँग तुलना गर्दै भनेका छन् कि यो अब "१९८४" जस्तो बर्बादीको दिशा हुँदै गएको छ। उनका अनुसार, वर्तमान समयमा सेन्सरसिप र निन्दा संस्कृतिका रूपमा जारी असहमति र विरोधको नियन्त्रण भइरहेको छ, जसले जनताका स्वतन्त्रता र विचारहरूलाई खतरा पुर्याउँछ।

पश्चिमी संसारमा बृद्धि भएको इन्टरनेट निगरानी र डिजिटल नियन्त्रणका प्रणालीहरूले समाजलाई निरंकुश नियन्त्रणतर्फ धकेलिरहेको दुगिनको तर्क छ। उनले भनेका छन्, “आजको समाज एक तमाशाको समाज बनिसकेको छ, जहाँ सत्य र मानवता विकृतिको प्रतीक बनेका छन्।”

तर, युरोपेली संघ र पश्चिमी नेतृत्वका लागि चुनौती यहाँ रोकिदैन। यदि युरोपको भविष्य सुरक्षित राख्न चाहन्छ भने, दुगिनका अनुसार, यहाँका जनताले आफ्नो शासक वर्गलाई "निर्ममतापूर्वक र मौलिक रूपमा" परिवर्तन गर्नुपर्ने छ। उनका अनुसार, यो परिवर्तन यथाशीघ्र हुनु आवश्यक छ, नत्र युरोपको अस्तित्व समाप्त हुन सक्छ।
मोहनप्रसाद ज्ञवालीद्वारा अनुवादित

सम्बन्धित समाचार