इस्लामावाद वार्तामा अमेरिका र इरान, के होला सहमती?

1.3k Shares

२८ चैत, काठमाडौं । पाकिस्तानले शनिबार युद्धरत अमेरिका र इरानलाई वार्ताको टेबलमा राखेर इस्लामावादमा अतिथ्यता दिँदैछ । इरानी सभ्यता नै नष्ट पारिदिने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तानको मध्यस्थतामा इरान राखेको नयाँ प्रस्तावपछि दुई हप्ताको युद्ध विराम गर्न राजी भएका थिए ।

strait-of-hormuz.jpg

यद्धपि हालसम्म शान्तिवार्ताका सबैजसो मुद्दाहरू भने सुल्झिसकेका छैनन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रूथमार्फत इरानबाट १० सूत्रीय प्रस्ताव प्राप्त भएको बताएका छन् । त्यसैलाई उनले ‘वार्ताको व्यवहारिक आधार’ करार गरेका छन् । उता इरानका विदेश मन्त्री अब्बास अरागचीले भने अमेरिकाले १५ सूत्रीय प्रस्ताव पठाएको बताएका छन् ।

पाकिस्तानको मध्यस्थतामा आज सुरु हुने वार्तामा ट्रम्पले अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्सलाई कमान सुम्पिएका छन् । उनका सहयोगीका रूपमा ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकफ र ज्वाइँ जेरेड कुसनर पठाएका छन् । उनीहरूको टोली शनिबार इस्लामावाद पुगिसकेको छ । पाकिस्तानले वार्ताकार र वार्तास्थलको सुरक्षाको बलियो प्रबन्ध मिलाएको बताएको छ । उसले दुवै पक्षलाई निश्चिन्त हुन आश्वास्त पनि पारिसकेको छ ।

सम्बन्धित समाचार