3.1k
Shares
चैत्र २९, काठमाण्डौ । इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’ र ‘अवैध दाबी’बाट पछि हट्न आग्रह गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले एक विज्ञप्ति जारी गर्दै वार्ताको सफलता विपक्षी पक्षको गम्भीरता र इमानदारीमा निर्भर रहने उल्लेख गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रवक्ता बकाईले हाल भइरहेको वार्तालाई ‘सघन’ भएको बताएका छन् । उनले अमेरिकालाई इरानको अधिकार र हित स्वीकार गर्न समेत आह्वान गरेका छन् ।
“जारी वार्ताको परिणाम विपक्षी पक्षले कति गम्भीरताका साथ लिन्छ र इरानका न्यायोचित सरोकारलाई कसरी सम्बोधन गर्छ भन्नेमा आधारित हुनेछ,” बकाईले भनेका छन् ।