काठमाण्डौ । अमेरिका र इरानको युद्धबीच इरानले बन्दी बनाएका नेपाली युवा अमृत झा बुधबार रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्री शिशिर खनालले उनी रिहा भएको पुष्टि गर्दै सेतोपाटीसँग भने, 'इरानस्थित नेपाली महावाणिज्य दूतावास र कतारस्थित नेपाली दूतावासले अमृत झालाई रिहा गरिएको जानकारी दिएको छ । उहाँ परिवारको सम्पर्कमा आइसक्नुभएको छ ।'
गएको मार्च २१ तारिखका दिन दक्षिणी इरानको स्ट्रेट अफ हर्मुज क्षेत्रबाट उदयपुरको त्रियुगा नगरपालिकाका ३२ वर्षीय अमृत झालाई कब्जामा लिइएको खबर आएको थियो। उनी त्यहाँ पानीजहाज चालकका रूपमा काम गर्थे ।
इरानले स्ट्रेट अफ हर्मुजबाट पानीजहाज कब्जामा लिँदा त्यो सँगसँगै चालक दलका सदस्य झा पनि कब्जामा परेका थिए।