जडीबुटी क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने क्रममा तनाव

1.6k Shares

काठमाण्डौ ।  काठमाडौंकाे जडीबुटी क्षेत्रमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्ने क्रममा तनाव उत्पन्न भएको छ । भक्तपुर तर्फकाे सुकुम्बासी बस्ती हटाउने प्रयास भइरहेका बेला केही स्थानीयले विरोध जनाउँदै ढुंगा प्रहार गरेका हुन् ।

अतिक्रमित संरचना हटाउन पुगेका सुरक्षाकर्मी र प्राविधिक टोलीलाई लक्षित गर्दै ढुंगा प्रहार सुरु भएपछि अवस्था तनावपूर्ण बनेको छ । 

ढुंगा प्रहारबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी केही प्रहरी कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अवस्था असामान्य बनेसँगै प्रहरीले आजका लागि काम रोकेर फर्किएको छ ।

सम्बन्धित समाचार