आज देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र चट्याङको सम्भावना

1.7k Shares

आज बिहानैदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसमविद्ले अझै दुई हप्तासम्म देशका विभिन्न क्षेत्रमा दैनिकजसो वर्षा हुन सक्ने बताएका छन्।

लगातारको वर्षासँगै बाढी–पहिरोको जोखिम बढेकाले बीपी राजमार्गसहित केही क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। केही अवरुद्ध राजमार्ग सञ्चालनमा आए पनि काभ्रे, इलाम र लमजुङका केही सडक अझै अवरुद्ध छन्।

 
 
 
सम्बन्धित समाचार