1.7k
Shares
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका लागू गरेको छ। अब हिउँदे र वर्षे बिदा ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ भने प्रत्येक दिन १५ मिनेट प्रार्थना र ३० मिनेट खाजा समय छुट्याउनुपर्ने व्यवस्था गरिएको छ।
सातामा दुई दिन बिदा लागू भएपछि पठनपाठन प्रभावित हुने गुनासो आएपछि मन्त्रालयले नयाँ व्यवस्था ल्याएको हो। शुक्रबार समुदाय तथा परियोजनामूलक सिकाइ गतिविधि सञ्चालन गर्न पनि विद्यालयलाई निर्देशन दिइएको छ।