ट्रम्पले गरे सी चिनफिङको प्रशंसा, मेरो असल मित्र र महान् नेता

1.3k Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको को खुलेर प्रशंसा गरेका छन् । चीन भ्रमणका क्रममा आयोजित भेटवार्तामा ट्रम्पले सीलाई आफ्नो “असल मित्र” र “महान् नेता” भन्दै दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउनुपर्ने बताएका हुन् ।

भेटका क्रममा ट्रम्पले अमेरिका र चीनबीच विगतमा विभिन्न विषयमा मतभेद भए पनि प्रत्यक्ष संवादमार्फत समस्या समाधान गर्ने प्रयास हुँदै आएको उल्लेख गरे । उनले सी चिनफिङसँगको व्यक्तिगत सम्बन्ध सकारात्मक रहेको बताउँदै भविष्यमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे ।

ट्रम्पले आफ्नो भ्रमण टोलीमा विश्वका चर्चित व्यवसायीहरू पनि सहभागी रहेको जानकारी दिँदै चीनसँग आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य रहेको बताए । उनले चीनप्रति सम्मान व्यक्त गर्नकै लागि आफूहरूसँग विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरू आएको उल्लेख गरे ।

यता चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिका र चीन प्रतिस्पर्धीभन्दा साझेदारका रूपमा अघि बढ्नुपर्ने धारणा राखेका थिए । उनले विश्व अर्थतन्त्र, व्यापार र अन्तर्राष्ट्रिय स्थायित्वका लागि दुई देशबीच सहकार्य आवश्यक रहेको बताए ।

दुई नेताबीच हाल द्विपक्षीय हित, व्यापार, सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विविध विषयमा छलफल जारी रहेको जनाइएको छ ।

 
 
 
सम्बन्धित समाचार