आज बाट लामो दुरीको यातायात सञ्चालन हुँदै

4.3k Shares

बिहीबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।कोरोनाभाइरसका कारण गत चैतदेखि ठप्प भएको लामो दुरीको यातायात मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिहीबारदेखि सञ्चालन हुने भएको हो ।

जसका लागि बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका छन् । सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ ।

 गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ ।

सम्बन्धित समाचार