लिग–२ क्रिकेटमा नेपालको उत्कृष्ट जित, अमेरिकामाथि ९ विकेटको विजय

3.7k Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नौ विकेटको शानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमै एक विकेट गुमाएर पूरा गरेको हो।

नेपालको जितमा ओपनर ब्याटर कुशल भुर्तेल चम्किए । उनले ११८ बलमा १३ चौका र ४ छक्कासहित अविजित १२० रन प्रहार गरे । अर्का ओपनर आशिफ शेख ले ७२ बलमा ५८ रनको योगदान दिए भने ईशान पाण्डेले २० रन जोडे। अमेरिकाका मोहम्मद मोहसिनले नेपालको एक मात्र विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको थियो । नेपालको बलिङ आक्रमणले सुरुदेखि नै दबाब कायम राखेको थियो ।

सम्बन्धित समाचार