युरो, पाउण्डदेखि रियालसम्म : यस्तो छ आजको विनिमयदर

3.6k Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज पनि उच्च कायम रहेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी एक डलरको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २१ पैसा तथा बिक्रीदर २०५ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ८९ पैसा रहेको छ ।

सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा कायम हुँदा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ कायम गरिएको छ भने कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरेको जनाएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा परिवर्तन गर्न सकिने पनि उल्लेख गरेको छ ।

सम्बन्धित समाचार