युद्धपछि इरानको सैन्य उत्पादनमा तीव्र वृद्धि भएको खुलासा

3.1k Shares

काठमाडौँ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानले आफ्नो सैन्य क्षमता अपेक्षाभन्दा छिटो गतिमा पुनर्निर्माण गरिरहेको जनाएको छ।

सीएनएनले अमेरिकी गुप्तचर निकायहरूलाई उद्धृत गर्दै जनाएअनुसार हालैको द्वन्द्वपछि इरानले क्षतिग्रस्त सैन्य संरचना र उत्पादन प्रणालीलाई तीव्र गतिमा पुनः सक्रिय बनाइरहेको छ। विशेषगरी ड्रोन तथा अन्य सैन्य उपकरणहरूको उत्पादन पुनः सुरु भई विस्तार भइरहेको बताइएको छ।

विश्लेषकहरूका अनुसार, पहिले इरानको सैन्य उद्योग पुनर्निर्माणमा लामो समय लाग्ने अनुमान गरिएको थियो। तर पछिल्लो मूल्यांकनले अपेक्षाभन्दा छिटो गति देखिएको उल्लेख गरिएको छ।

 
 
सम्बन्धित समाचार