गरिब तथा सीमान्तकृत बालबालिकाका लागि आवासीय विद्यालय खोलिने

2.3k Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक रूपमा कमजोर तथा सीमान्तकृत समुदायका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्ने घोषणा गरेको छ ।

बजेट प्रस्तुत गर्दै सरकारले दुर्गम र विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरी निःशुल्क आवास, भोजन र शिक्षाको व्यवस्था गरिने जनाएको हो । शिक्षा पहुँचबाट वञ्चित समुदायलाई मूलधारमा ल्याउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारिएको सरकारको भनाइ छ ।

त्यस्तै, सरकारले विदेशी विश्वविद्यालयका शाखा नेपालमा सञ्चालन गर्न नीतिगत सहजीकरण गर्ने घोषणा पनि गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीलाई स्वदेशमै अवसर दिने लक्ष्यसहित यस्तो नीति ल्याइएको बताइएको छ ।

सरकारले गुणस्तरीय शिक्षा, अनुसन्धान र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न विदेशी विश्वविद्यालयलाई आकर्षित गर्ने योजना अघि सारेको जनाएको छ ।

 
 
सम्बन्धित समाचार