काठमाडौं, जेठ २४ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार २०० रुपैयाँले घटेर ३ लाख ८ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत आइतबार सुनको मूल्य ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३३५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार २३० रुपैयाँ थियो भने गत आइतबार ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।